arrow

‘संसद विघटनको निणर्यमा प्रतिगमनको अंश देखियो’

देउवाको चरित्र थप चिन्ताको बिषय

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
pahadi.JPG

काठमाडौं । नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधि सभा विघटनको निणर्यमा प्रतिगमनको अंश देखिएको बताएका छन् । उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गरेर सरकारले गरेको संसद विघटनको निणर्य गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विपरित र मुलुकको हित विपरित रहेकाले सो निणर्य गलत भएको बताएका हुन् ।

‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरीत छ,’ संयुक्त वक्तव्यमा भनिएको छ,‘ प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ ।’

वक्तव्यमा आफूलाई लोकतन्त्रको धरोहर मान्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय देखाएको क्रियाकलाप समेत ढुलमुले चरित्रको भएको र चिन्ताको विषय रहेको भनिएको छ ।

वक्तव्यमार्फत उनीहरुले संसद विघटनको गलत निणर्यलाई सच्याउँदै प्रतिनिधि सभा पुर्नस्थापना हुने व्यवस्था गर्न पनि आहवान गरिएको छ।उनीहरुले भविष्यमा त्यस्ता गल्ति नदोहोर्‍याउने प्रतिबद्धतासहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सवल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्ति र नागरिक समाज एकजुट हुन पनि वक्तव्यमार्फत आहवान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ