arrow

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको रोष्टममा उभिएर यसरी थुके (भिडियो)

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
kp-oli-thukai.JPG

काठमाडौं । संसद विघटन गरेर आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको सातौं अधिवेशनका क्रममा सम्बोधन गर्दै गर्दा  रोष्टममा नै थुकेका छन् ।

प्रधानमन्त्रीका रुपमा धारणा राख्दै गर्दा आफ्नो पदीय मर्यादा नै बिर्संदै आएका ओलीले आइतबारको राष्ट्रिय सभा बैठकमा पदीय मर्यादा विपरित अर्को गल्ती गरेका हुन् ।

उनले सम्बोधनका क्रममा रोष्टमको भुँईमा नै थुकेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने कुरा बताउँदै गर्दा भुईमा थुकेका हुन् ।

‘अब ४ दिनपछि अझ तीनदिनपछि भने भयो, आज दश तारिक भयो क्यार हैन ?, आज दश तारिक भो १४ तारिकमा हाम्रो परराष्ट्रमन्त्री (प्रधामन्त्री ओली राष्ट्रिय सभाको रोष्टमको भुईतिर थुक्छन) प्रदीप ज्ञवाली जी, माननिय प्रदीप ज्ञवालीजी भारत भ्रमणमा जाँदैहुनुहुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ