arrow

सशस्त्रका ९ एसपी भए कामु एसएसपी

एसपीहरुको वढुवा खुल्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २६ आइतबार
apf1.jpg

काठमाडौं। नेपाल प्रहरीका ९ एसपी कायमकुकायम एसएसपी भएका छन्। गृहमन्त्रालयको मन्त्रीस्तरिय निर्णय अनुसार सशस्त्रका ९ एसपीलाई कायममुकायम एसएसपीमा मुकरर गरिएको हो । 

कायममुकायम एसएसपी भएका एसपीहरुमा रेशम कुमार थक्सु, प्रेमध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल छन्। 

गृहमन्त्रीस्तरिय निर्णय अनुसार कामयमुकायम भएका एसएसपीहरुको नामावलीको जानकारी सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पुष्पराम केसीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कितावखाना (प्रहरी) लैनचौरलाई समेत पठाएका छन्।

यसअघी सशस्त्रका ६ जना एसएसपीहरुको डीआइजीमा बढुवा भएपछि रिक्त रहेका दरवन्दी सहितमा एसपीहरुलाई एसएसपीमा कामयमुकायम मुकरर गरिएको हो। 

सशस्त्रले आइतवार नै एसपीमा बढुवाका लागि ३ दिने सूचना निकालेको छ। बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरिक्षक राजु अर्यालले जारी गरेको सूचनामा बढुवा हुन आवश्यक शैक्षिक प्रमाणपत्र लगायतका कागजपत्र ३ दिनभित्र पेश गर्न सशस्त्र प्रहरी नायव उपरिक्षकहरुलाई सूचना जारी गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ