arrow

राष्ट्रिय सभाका २१ सांसदद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
KP_RSS.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा परेको तथ्य बाहिरिएको छ । २१ जना सांसद उनको सम्बोधन बहिस्कार गरेका हुन ।

राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका हुन् ।

प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिष्कार गरेको दाहाल–नेपाल पक्षीय सांसदले बताए ।

 एक घण्टा ३८ मिनेट चलेको बैठकमा ओली हलमा प्रवेश गरेलगत्तै सांसदहरु बाहिरिएका थिए । राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल–नेपाल पक्षमा २१ जना सांसद छन् ।

संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम तटस्थ देखिएका छन् । उनीहरु दुबै प्रधानमन्त्रीको सम्बोधन चल्दा बैठकमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ