arrow

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नेक्रममा धरपकड 

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
ekata2.jpg

काठमाडौं । सोमबार काठमाडौंलगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यही क्रममा सिंहदरबारको पश्चिम गेट अघिल्तिर रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगेको टोलीमाथि प्रहरीले अवरोध गर्ने प्रयास गरेको छ ।

बाजागाजासहित माल्यार्पण गर्न पुगेकाहरुलाई प्रहरीले रोकेपछि केहीबेर तनाव भएको र धकेलाधकेल भएको हो ।

प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केहीसमय नाराबाजी भएको थियो ।

पृथ्वीनारायण शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ