- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगका पदाधिकारीसँग भेटेर निर्वाचन अघि नबढाउन सुझाव दिएको छ ।
निर्वाचन आयोगका गतिविधि हेर्ने जिम्मा पाएका नेतासहितको टोली सोमबार आयोगको कार्यालयमा पुगेर प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका हुन् ।
प्रचण्ड-माधवलगायत राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतका नेताहरु आयोग पुगेका हुन् ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेको भन्दै नेताहरु आयोगमै पुगेका हुन् । बैशाख १७ र २७ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभामा निर्वाचनका लागि आयोगले आन्तरिक रुपमा तयारी गरिरहेको छ ।
आयोगले यसअघि नै प्रचण्ड-माधव र केपी शर्मा ओली पक्षलाई ७ दिनभित्र अध्यावधिक विवरण पेस गर्न भनेको थियो ।