arrow

नेपालगन्जमा जसपाको विरोध, सडकबाटै संसद् पुनर्स्थापना गर्ने चेतावनी

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
jasapa-birodh1.JPG

नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगन्जमा विरोधसभा गरेको छ । त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदमका कारण मुलुक अस्थिरताको भूमरीमा फसेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समेत प्रधानमन्त्री ओलीको मतियार बनेको उनीहरूले बताए । पूर्वमन्त्री एवं जसपाका केन्द्रिय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरे सडकबाटै संसद् पुनर्स्थापना गरिने चेतावनी दिए ।

संविधानमै नभएको व्यवस्थालाई टेकेर गैरसंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओली अहंकारी भएको बताए । विरोधसभामा कार्यकारिणी सदस्य अकबाल अहमद शाह र अमृता अग्रहरीले प्रधानमन्त्रीको सनकका भरमा प्रतिनिधिसभा विघटन भएकाले तत्काल पुनःस्थापित हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको दुबै जनाको जिकिर थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ