arrow

ओली समुहको डोटी जिल्ला अध्यक्षमा ऐर

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
ram-air.jpg

डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको डोटी जिल्ला अध्यक्षको जिम्मेवारी राम ऐरलाई दिइएको छ । सो समुहको मंगलबार बसेको जिल्लाको विस्तारित बैठकले ऐरलाई सो जिम्मेवारी दिएको छ । उनी जिल्ला समन्वय समिति डोटीका संयोजक समेत छन् । यस्तै विस्तारित बैठकले सचिवमा लक्ष्मण मलासीलाई जिम्मेवारी प्रदान गरेको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधि सभा विगठन गरेपछि विखण्डित देखिएको नेकपाको विखण्डित रुप जिल्ला तहसम्म देखिने क्रममा नेकपा डोटीका अध्यक्ष चक्र मल्ल र सचिव जंगबहादुर बिक प्रचण्ड–माधव समुहमा खुलेका छन् । उनीहरु उता खुलेपछि ओली समुह नेतृत्वविहिन देखिएपछि विस्तारित बैठकले नयाँ नेतृत्व ल्याएको हो ।

ओली समुहको जिल्ला कमिटिको बिस्तारित बैठकले पार्टी अध्यक्ष चक्र मल्ल र सचिव जंग बिकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय समेत गरेको छ ।ओली समुहका अध्यक्ष ऐरले भने,' हामीले २ सय ९९ जनाको जिल्ला कमिटि बिस्तारका साथै ९  स्थानीय तहमा कमिटि बिस्तार गर्ने निर्णय गरेका छौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ