arrow

नेकपामा एकिकरणको मापदण्ड तयार

नेकपा प्रचण्ड-माधव समूहमा पूर्व एमाले हावी, पूर्व माओवादी अल्पमतमा

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
dahal-nepal1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन भएपछि बनेको प्रचण्ड–नेपाल समूहमा पूर्व एमाले हावी हुने भएका छन् । नेकपा एकताकै क्रममा देखिएको पोर्टफोलियो र संगठनको संरचना त्यही अनुसार अघि बढ्ने भएपछि पूर्व माओवादी समूह अल्पमतमा पर्ने भएका हुन् । प्रचण्ड–नेपाल समूहले पार्टी एकिकरण प्रकृया पूरा गर्दा साविक एमालेले नेतृत्व गरेको र साविक माओवादीले नेतृत्व गरेको पंक्तिलाई यथावत राख्ने गरी विधि र मापदण्ड बनाएपछि पूर्व माओवादीहरु स्वतः अल्पमतमा पर्ने भएका हुन् ।

दाहाल नेपाल समूहले पुस १९ गते बसेको स्थायी कमिटीको बैठकबाट सो समूहका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले साविक एमाले र साविक माओवादीले नेतृत्व गरेका सबै तहमा त्यसरी नै संगठनको संरचना तयार गर्ने गरी मापदण्ड बनाएको स्रोतको दावी छ । ओली समूहमा सहभागी भएकाहरुलाई हटाएर जहाँ जे जस्तो अवस्थामा पार्टी एकिकरणको संरचना बनेको थियो त्यही पदपूर्ति गरिने गरी प्रकृया अघि बढ्न लागेको छ । 

प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरुमा नेतृत्व खाली भएपछि सो समूहले एकता प्रकृयालाई पूरा गर्ने प्रकृया अघि बढाएको हो । दाहाल नेपाल समूह छाडेर ओली समूहमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष सचिवहरुको पदपूर्ति गर्ने भएका छन् । उनीहरुले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्व एमालेहरुको स्थानमा पूर्व एमालेलाई नै दिने गरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि १२ सदस्यीय कार्यदल गठन गरेको थियो  । कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे, मातृका यादव सदस्य छन् । सो कार्यदललाई एक हप्ताभित्र विधि र मापदण्ड तय गर्न समयसीमा दिइएको थियो । सो कार्यदलले बनाएको मापदण्ड अब बस्ने स्थायी कमिटीमा पेश गर्ने तयारी भैरहेको छ । सो कार्यदलले बनाएको मापदण्ड जस्ताको तस्तै पास हुने अवस्था आए पूर्व एमालेहरु हावी हुने निश्चित रहेको प्रचण्ड निकट एक नेताले बताए । उनका अनुसार अहिले केन्द्रीय कमिटीका सदस्यहरुलाई भने मनोनयन नगर्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ