arrow

नेकपा नेता एवं ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
jeewanram-shrestha-father.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठका पिता ९३ वर्षीय कृष्णरामको निधन भएको हो । 

उनको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनका दुई छोरा र एक छोरी छन् ।
 
उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ