arrow

संसद पुनर्स्थापना भए पहिला महाधिवेशन नभए निर्वाचन पछि: विमलेन्द्र निधी

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ पुष २८ मंगलबार
bimlendra-nidhi.jpg.jpeg

जनकपुरधाम। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका छन्।

उपसभापति निधीले नेपाली काँग्रेसले संसद पुनर्स्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुने बताए ।

मंगलबार  नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति  निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको जानकारी दिए।

पुर्व गृह मन्त्री समेत रहेका निधीले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक रहेको बताए ।

वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनर्स्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुवै विकल्पका लागि नेपाली काँग्रेस तयार रहेको जानकारी दिए।

त्यसका लागि दुईवटा संवैधानिक बाटो रहेको र   सर्वोच्चद्धारा संसद पुनर्स्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।

यी दुवै विकल्प संवैधानिक र  अहिलेको वर्तमान परिस्थितीमा दुवै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्ने पत्रकार समेलन मा उपसभापति निधीले बताए ।

कार्यक्रम प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादव , नेपाली कांग्रेस का धनुषा सभापति महेश संकर गिरी,उपसभापति संतोष यादव ,पुर्व उपमेयर किशोरी साह, नेपाली कांग्रेस संचार बिभाग केन्द्रिय सदस्य प्रफुल्ल राज घिमिरे , कांग्रेसका युवा  नेता संजिव साह टीका लगायतका उपस्थिति रहेको  थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ