arrow

ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
ISHWORPOKHARELc.jpg

काठमाडौं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । विभाजित प्रचण्ड–नेपाल समुहका विद्यार्थी नेताहरुले ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाएको हो ।

मंगलबार सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा उपप्रधानमन्त्री पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेयता ओली र प्रचण्ड–नेपाल दुवैपक्ष आतंकित बनेको छ । एकपक्षले अर्काेलाई आरोपप्रत्यारोप गरिरहेका छन् । यसक्रममा प्रचण्ड–नेपालसमुहले ओली समुहका नेता एवं मन्त्रीहरुलाई कालो झण्डा देखाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ