arrow

ओली- प्रचण्ड दुवै हत्यारा हुन् : पूर्वमन्त्री बलायर

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
balayer3.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै हत्यारा भएको आरोप लगाएका छन् । दिपायल सिलगढि नगरपालिका-९  मा कांग्रेसको वडा सभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,' ओली पन्चायतकालका र  प्रचण्ड बहुदलका हत्यारा हुन् । प्रचण्डले १७ हजार जनता मारेको याद छोराको मृत्यु हुदा उनले देखाए ।'

कांग्रेसले गणतन्त्रको नारा लगाउदै गर्दा ओलीले बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने अभिव्यक्ति त्यति बेला दिएका थिए । बलायरले भने ,उनी गणतन्त्रका विरोधी थिए भन्ने कुराको अहिले आएर संसद विघटन गर्दा प्रमाणित गरेर देखाए। '  हत्यारा, भ्रष्टाचारी, बलात्कारीको हातमा देश गएका कारण देशका सबै तह र तप्का संकटमा परेको उनले बलायरले बताए ।

बर्तमान सरकारबाट निर्वाचन सम्भव नभएको उनले बताए । ‘विधि, पद्धति, संवैधानिक व्यवस्था, आचरण, नैतिकता सबैको चरमसीमा नाघेर अघि बढेको सरकारबाट चुनाव हुन्छ भन्ने विश्वास नगरौँ । त्यसका लागि चुनावी सरकार आवश्यक छ,’ उनले भने ।

कम्युनिष्टहरू नेपालका लागि अभिश्राप पुष्टी भएको पनि पूर्वमन्त्री बलायरले बताए । ‘नेपाली जनताले कम्युनिष्टको झुटो आश्वासनका भरमा विश्वास गरेर झण्डै दुईतिहाईको बहुमत दिए,’ उनले भने, ’त्यसको चरम खेलबाड कम्युनिष्टहरुले गरेको जनताले बुझेका छन् ।’ त्यसैले देश र जनताले कांग्रेसतर्फ हेरिरहेको उनले बताए ।

कांग्रेस अहिलेको परिस्थितीमा केवल प्रधानमन्त्री ओलीको मात्र विरोधमा नभई समग्र कम्युनिष्ट प्रबृत्तिकाविरूद्ध आन्दोलन गरेर जनतालाई सचेत पारिरहेको उनले बताए ।

कार्यक्रममा कांग्रेस  पार्टी सभापति प्रदीपकुमार देउवा, उप- सभापति लक्ष्मण सिंह,महासमिति सदस्य   प्रसीस महरा, क्षेत्रीय सभापति बिजय खड्का ,जिल्ला सदस्य जित खड्का, सुशील घर्ती , नेता धर्म राज जोशी, तरुण नेता ललित बलायर, नगर सभापति गणेश मलासी, नेबिसंघका अध्यक्ष गणेश खड्का, राजेन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ