arrow

मौसम असहज, यस्तो छ मुलुकको अवस्था

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागमा हुसु–कुहिरो लागेको छ  ।

पहाडी भेगमा पनि हुस्सुले समस्या पारेको छ । भिजिबिलिटी अत्यन्तै कम रहेको छ । देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 
 
बुधबार दिउँसो  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनुका साथै देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 तापक्रम
बुधबार बिहान सबैभन्दा कम जुम्लामा माइनस ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै काठमाडौंमा ६.५, दिपायलमा ३.८, ५.५, धनगढीमा ७, वीरेन्द्रनगरमा ७.६, नेपालगञ्जमा ९.६, घोराहीमा ९.२, पोखरामा ७.५, भैरहवामा १२, सिमरामा ११.६, ओखलढुङ्गमा ५.८, धनकुटामा ९.४, जनकपुरमा ८.४ तथा विराटनगरमा ९ डिग्री सेल्सियस रहेको छ । 

मंगलबार सबैभन्दा बढी दिपायलमा २३.७ डिग्री सेल्सियस रहेको थियो । त्यस्तै अधिकतममा कम ओखलढुङ्गामा १३.१ डिग्री रहेको थियो । काठमाडौंमा १८.६ रहेको थियो । 

बुधबार पनि खासै अन्तर नहुने महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ