arrow

ओलीले एकै दिन प्रचण्ड, नेपाल र वामदेवलाई प्रधानमन्त्री बनाउँछु भनेर झुक्याएपछि...

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
oli-prachanda-gautam.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै दिन नेकपाका तीन र्शीष नेताहरुलाई प्रधानमन्त्री बनाउँछु भन्दै झुक्याएको कुरा सार्वजनीक भएको छ । विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीले एउटै दिन तीन जनालाई अध्यक्ष र प्रधानमन्त्रीको अफर गरेको बताएका हुन् । 

बुधबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल समुहको वृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ओलीले बिहान ११ बजे वरिष्ठ नेता वामदेव गौतमलाई बोलाएर अबको अध्यक्ष तपाइ नै हो र प्रधानमन्त्री पनि तपाईं नै हुनुपर्ने कुरा गरेको प्रचण्डले बताएका छन् ।

सम्बोधनका क्रममा प्रचण्डले भने, 'बिहान ११ बजे वामदेवजीलाई बोलाएर अबको अध्यक्ष तपाइ नै हो कम्रेड, प्रधानमन्त्री पनि तपाइ नै हो मैले अरु देखिँन भनेर भन्नु भएछ।' सोही दिन दिउँसो १ बजे ओलीले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर पनि यस्तै कुरा गरेको प्रचण्डले बताए ।

'एक बजे माधव कम्रेडलाई बोलाएर तपाइ नै अभिभावक हो हाम्रो, तपाइ उभिँदिनु पर्‍यो, अब अध्यक्ष पनि तपाइ नै हो प्रधानमन्त्री पनि तपाइ नै हो भन्नु भएछु, प्रचण्डले भने ।

४ बजे आफुलाई एमाले भित्र नेता नपाएर तपाइलाई ल्याको भनेको प्रचण्डले बताए। उनले भने, 'चार बजे मलाई बोलाएर, मैले त एमाले भित्र नेता नपाएर तपाइलाई बोलाको भन्नु भो मलाई।'  यद्यपी घटना कुन दिनको हो भनेर चाहि प्रचण्डले तोकेनन् ।

प्रचण्डले हासोको भावमा भने, 'यस्तो गर्न सकेको कसरी हो मलाई त ताजुब लाग्छ, हामी त डराउँछौं, गर्नु हुन्न भन्ने पनि लाग्छ । उहाँलाई त दुधभात खाएको जस्तो, ढाटढुट गर्न, छलछाम गर्न ठगठाग गर्नु', प्रचण्डले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ