arrow

मन्त्री साहको प्रश्न- माछा सुपर जोनका लागि आएको करोडौंको बजेट कहाँ गयो ?

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष २९ बुधबार
matasya-program.JPG

धनुषा । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले "माछा सुपर जोन" का लागि आएको बजेट कहाँ गयो भनि संघीय सरकालाई प्रश्न गरेका छन् ।   बुधबार जिल्ला मत्स्य सहकारी संघ लिमिटेड जनकपुरका ७ औ साधारणसभामा मन्त्री साहले प्रश्न गरे - 'संघीय सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिक योजना मार्फत "माछा सुपर जोन" का लागि आएको करोडौं बजेटको योजना कहाँ गयो ?'

मन्त्री साहले माछा सुपर जोनमा करोडौं को बजेट किसानहरुलाई नदिइएकोमा दु:ख व्यक्त गरे। किसानका लागि आएको प्रधानमन्त्री आधुनिक योजना सुपर जोन किसानसम्म नपुग्नु संघीय सरकारले बैमानी गरेको मन्त्री साहले बताए ।

प्रदेशमा माछा पालनको निकायहरुमा जनकपुरमा धेरै ठुलो मत्स्य तालिम केन्द्र रहेको र त्यो पनि संघीय सरकार मातहतमा रहेको मन्त्री साहले बताए ।
उनले भने -  ती तालिम केन्द्र धेरै बिघा जमिन र दर्जनौं पोखरीहरुमा सुख्खा अवस्थामा छन् । न संघ सरकारले काम गरिरहेको छ न प्रदेश सरकारलाई काम गर्न दिइरहेको छ ।'  यो प्रदेश भित्र सबैभन्दा धेरै पोखरी धनुषा र सप्तरीमा रहेको छ। प्रदेश २ माछाको भुरा उत्पादनमा आत्मानिर्भर रहेको छ ।

सहकारी विभाग अन्तर्गत प्रदेश २ भित्र एक मात्र कर्मचारी र सात हजार सहकारी रहेकाले त्यसलाई अनुगमन, ऐन र प्रवर्द्धन गर्न असम्भव रहेको मन्त्री शैलेन्द्र प्रसाद साहले बता। प्रदेश २ मा सात हजार सहकारीलाई अनुगमन ,ऐन र प्रवर्द्धन हुने हो भने फाइदा पुग्ने मन्त्री साहले बताए । मन्त्री साहले भने- प्रदेश सरकारको अहिले फाउन्डेसन तयार भइरहेको छ ।'

कार्यक्रम मा प्रदेश २ का प्रदेश सभा सदस्य प्रमेश्वर साह लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला मत्स्य सहकारी संघ लिमिटेड जनकपुरका अध्यक्ष संजय साहले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ