arrow

काठमाडौं आउँदै गरेका विप्लव समूहका शीर्ष नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
dharmendra-bastola.jpg

काठमाडौं । प्रहरीले सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका शीर्ष मध्येका एक नेतालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार विप्लव समूहका पश्चिम कमाण्ड प्रमुखसमेत रहेका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई पक्राउ गरेको हो । उनलाई मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट विषेश सुचनाका आधारमा काठमाडौं  आउँदै गर्दा पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
 
उनीसँगै विवेक कुमाल र अन्य नेताहरुसमेत पक्राउ परेको प्रहरी बताउँछ । तर सो बारे प्रष्ट खुलाइएको छैन ।

सरकारले गत ५ पुसमा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेसँगै सुरक्षा निकायले विप्लव समूहका नेता कार्यकर्ताहरुमाथीको निगरानी बढाउन थालेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ