arrow

नेकपा विवाद

निर्वाचन आयोगमा ओली पक्षले बुझायो जवाफी पत्र, पार्टी विभाजन नभएको जिकिर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २९ बुधबार
Subash-chandra-negmang.png

काठमाडौं। केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई जवाफी पत्र बुझाएको छ । आयोगले नेकपाको दल आधिकारिकता विवाद बढ्दै गएपछि अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत २३ पुसमा पत्र पठाएर आवश्यक कागजात मागेको थियो । आयोगले पत्र पठाएपछि बुधबार ओली निकट नेता सुवास नेम्बाङ जवाफी पत्र सहित आयोग गएका हुन् । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगलाई दुबै पक्षबाट कागजात आएको र प्राप्त कागजातको अध्ययन गर्ने बताए । तर पत्रमा के कस्ता विवरण बुझाइएको छ भन्ने बारे भने उनले अध्ययनपछि मात्रै जानकारी हुने जनाए । 

स्रोतका अनुसार ओली समूहले आयोगमा बुझाएको पत्रमा पार्टी विभाजन नभएको जिकिर गरेको छ । यसैगरी पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको समेत भनिएको छ । 

ओलीको हस्ताक्षरसहित आयोगमा बुझाइएको पत्रमा ‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु, द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ, दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन्,’ लेखिएको छ ।

प्रचण्ड समूहकाका तर्फबाट पनि आजै स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी लगायत थप कागजात लिएर आयोग गएका थिए । उनीहरुले यस अघी समेत आयोगलाई आवश्यक कागजात बुझाइसकिएको दाबी गरेका छन ।

गत बुधबार कागजात बुझाउन अध्यक्ष प्रचण्ड र माधव नेपालसहितको समूह आयोगको कार्यालय गएको थियो ।  सो समूहले आयोग समक्ष दुई समूहलाई दुई फरक तरिकाबाट पत्र पठाएको भन्दै  आपत्ति समेत जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ