arrow

माघेसङ्क्रान्तिमा प्रचण्ड-माधवको शुभकामनाः जनताको अधिकारमाथि सरकारबाट प्रहार भएको निष्कर्ष

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
dahal-nepal1.jpg

काठमाडौं । नेकपा नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै माघे माघेसङ्क्रान्तिको शुभकामना दिएका छन् ।

विज्ञप्तिमा उनीहरुले नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको पनि उल्लेख गरेका छन् । 

थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा उनीहरुले शुभकामना ब्यक्त गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ । नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न पर्वले आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा उनीहरुको अपील छ । 

नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण पर्व मनाउन अध्यक्षद्वयले आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन् । विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान हो । भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन् । यिनै मार्फत नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ