arrow

योगेश भट्टराईको प्रश्न: लोकतन्त्रवादीलाई जेल पठाउन बहश गर्ने वकिलहरु प्रधानमन्त्रीको पक्षमा ?

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

काठमाडौं । नेकपाका नेता योगेश भट्टराईले हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन वहश गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गरिरहेको बताएका छन् ।

पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक संकटलाई इंङ्गित गर्दै उनले विहीबार विहान सामाजिक संजालमार्फत प्रश्न गरेका छन्–देशमा के हुँदैछ ?

नेता भट्टराईले हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन वहश गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा भएको उल्लेख गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनियष्ट पार्टी(नेकपा) विभाजन भएपछि भट्टराई पर्यटन मन्त्रीबाट राजीनामा दिएर प्रचण्ड–माधवको पक्षमा उभिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ