arrow

‘आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न शक्ति मिलोस्’ 

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले माघेसंक्रान्तिको शुभकामना दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रबृत्तिप्रति विरोध गरेका छन् ।

नेपाल र छिमेकका प्रायः सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको शुभकामना ब्यक्त गर्दै सन्देशमा भष्मासुरकै प्रसंग उठाउँदै ओली प्रवृत्तिको परास्त गर्न शक्ति मिलोस् भन्दै कटाक्ष गरेका छन्।

उनले लेखेका छन्, यस वर्ष कलियुगको भष्मासुरको रुपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् ।’

पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि भट्टराई अध्यक्ष रहेको जसपालगायतका राजनीतिक दलहरु सडक आन्दोलनतमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ