arrow

देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
deuba-helicoptor.jpg

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर पालुङटारको आँपपिपलमा आकस्मिक अवतरण गरिएको बताइएको छ । देउवाको साथमा उपसभापति गोपालमान श्रेष्ठ र अन्य नेता पनि छन् ।

गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेर अघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए । अन्य थप विवरण आउन बाँकी छ ।

शहीद हरिदत्त तिवारीको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गर्न देउवा पर्वत जाँदै थिए। उक्त भवन फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ