arrow

गोरखाको दुई स्थानमा आकस्मिक हेलिकप्टर अवतरणपछि पर्वत पुगे देउवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १ बिहिबार
deuba-helicoptor.jpg

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा पर्वत पुगेका छन । विहान सवा एघार बजे काठमाडौंबाट हेलिकप्टरमार्फत पर्वततर्फ लागेका देउवा सवार हेलिकप्टर खराब मौसमका कारण गोरखाको दुई स्थानमा आकस्मिक अवतरण गराइएको थियो । 

देउवासँगै  रहेका नेता गोपालमान श्रेष्ठका अनुसार मौसममा आएको खराबीपछि हेलिकप्टरलाई गोरखाको पालुङटार २ आँपपिपल र सिरानचोक गाउँपालिका ५ मा दुई पटक आकस्मिक  अवतरण गराइएको हो । 

नेता श्रेष्ठले मौसममा केही सुधार भएपछि भर्खरै पर्वत पुगिएको हाम्राकुरालाई जानकारी दिए । तत्कालिन माओवादीबाट मारिएका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत गएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ