arrow

परराष्ट्रमन्त्री नयाँदिल्लीमा, प्रधानसेनापतिसँग शिष्टाचार भेट

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
pradip-gawali.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा बिहिबार अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।  उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् ।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग बिहिबार उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । त्यसअवसरमा उनीहरुबीच नेपाल-भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ