arrow

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ माघ २ शुक्रबार
Gyanwali-jaishankar.jpg

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमनत्री एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । तीनदिने भारत भ्रमणमा रहेको परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ। 

भेटकाक्रममा द्धिपक्षीय हितका सम्बन्धमा एवं कोरोनाभाइरविरुद्धको खोपका विषयमा कुराकानी हुने बताइएको छ ।बिहीबार भारत भ्रमणमा निश्किएका परराष्ट्रमन्त्री ज्ञवाली भ्रमण तीन दिनको रहेको छ । 

भारतीय समकक्षी जयंशकरबीचको भेटवार्तापछि सोही भवनमा नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठक सुरु हुने बताइएको छ ।

बैठकमा दुवैपक्षले विभिन्न एजेण्डामा कुराकानी गर्ने बताइएको छ । यसक्रममा शिक्षा, स्वास्थ्य, व्यापार लगायतका विभिन्न क्षेत्रका योजनाहरुको समीक्षा हुने बताइएको छ । यद्यपी सीमा विवादका विषयमा भने  नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा कुराकानी नहुँने बताइएको छ ।


भ्रमण अवधिमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । यद्यपी भ्रमण कार्यतालिका भने सार्वजनीक भएको छैन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ