arrow

संसद विघटन विरुद्धको रिटमा सुनुवाइ सुरु, रिट दायरकर्ताहरु बृहत पूर्ण इजलासको पक्षमा

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
Supreme-Court-judicial-pane.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पुनः सुनुवाइ सुरु भएको छ ।  रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै आइरहेकोमा बृहत पूर्ण इजलासमा लाने कि संवैधानिक इजलासमा नै सुनुवाइ हुने भन्नेमा विवाद छ ।

रिट दायरकर्ताहरुले भने संवैधानिक इजलासमा नभइ बृहत पूर्ण इजलासमा लगेर सुनुवाइ गरिनु पर्ने भन्दै संवैधानिक इजलासमा निवेदनसमेत दर्ता गराइ सकेका छन ।  तर सरकारी पक्षले भने बृहत इजलासमा जानु पर्ने रिट  निवेदकको प्रस्तावलाई स्वीकार गरेको छैन ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरुङसहित वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितले संयुक्त रुपमा संसद विघटनबारेको मुद्दामा बृहत पूर्ण इजलासमा छलफल हुनु पर्ने माग गर्दै आइरहेका छन । केही बेर अघि सुरु बहसमा प्रधानमन्त्रीका निजी वकिल वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गरिरहेका छन ।

संसद विघटनका विषयमा परेका रिट माथि बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा विश्वम्भरप्रसाद श्रेष्ठ, सपना मल्ल प्रधान, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नेतृत्वको संवैधानिक इजलास बनेको थियो ।

यसअघि गत बुधबारको संवैधानिक इजलासमा भएको सुनुवाइ समयाभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ