arrow

नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ माघ २ शुक्रबार
praddep-jaysankhar.jpg

काठमाडौं ।  नेपाल भारत संयुक्त आयोगको छेटौं बैठक सम्पन्न भएको छ । भारतको नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा बैठक सम्पन्न भएको हो ।बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गरेका थिए भने उनका समकक्षी एस जयशंकरले भारतीय पक्षको नेतृत्व गरेका थिए ।

बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकले दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्दै अघि बढ्ने निश्कर्ष निकालेको छ ।

बैठकमा कोरोना भाइरसको माहामारीविरुद्ध लड्न दुवै देशबीचको सहयोगलाई ध्यान दिँदै नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको उत्पादनका लागि बधाइ दिँदै नेपालमा पनि व्यवस्था गर्न अनुरोध गरेको छ।

त्यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उल्लेखनिय सफलतालाई समेत दुवैपक्षले स्वागत गर्दै अब सिल्गुरी देखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने योजना अघि सारेको छ ।

दुवै पक्षले सिमाक्षेत्र व्यवस्थापनका लागि थप पहल चाल्ने निर्णय गरेको छ । विरगञ्ज र बिराटनगरमा हालै उद्घाटन गरिएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको समीक्षा गरिएको छ ।

भारतले नेपालमा दुई सांस्कृतिक योजना पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगौँचा निमार्णका लागि अनुदान सहित सयोग गर्ने भएको छ । नेपालले भारतलाई संयुक्त राष्ट्र संघको परमानेन्ट सदस्यमा समर्थन र साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

आयोगको अर्को बैठक नेपालमा बस्न दुवै पक्ष सहमत भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ