arrow

संसद् विघटन गर्नु ओलीको मूर्खता : मोहन वैद्य

ओली, प्रचण्ड-माधव कम्युनिष्ट होइनन्

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ २ शुक्रबार
mohn-baidhya.jpg

मोरङ । नेकपा (क्रान्तिकारी माओवादी)  महासचिव मोहन वैद्य ‘किरण’ले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका छन् । पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण केपी ओलीले संसद् विघटन गरेको बताउँदै उनले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका हुन् ।

मोरङको लक्ष्मिमार्गमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्रको विवादका कारणले संसद् विघटन गर्नु ओलीको मूर्खताको परिमाण रहेको बताए । उनले ओलीको निरकुंश सत्ता व्यवस्थाको विरुद्ध सबै राजनीतिक दलहरु एक भई आन्दोलनका कार्यहरु अगाडि बढाउनु पर्ने बताए । ओलीको निरकुंश सता व्यवस्थाका कारण देश नै संकटमा परेको भन्दै जनताको लागि अब नयाँ तरिकाबाट अन्दोलन गरिनु पर्ने उनको धारणा थियो ।

उनले विप्लव माथि प्रतिबन्ध लगाउनु ओलीमा सत्ताको मात चढेको बताएका थिए । उनले ओली,प्रचण्ड-माधव कम्युनिष्ट नभएको समेत आरोप लगाए । १० वर्षे संसदिय व्यवस्था विरुद्धको जनआन्दोलन गरेर सफलता मिले पनि पुन प्रचण्ड सांसदिय व्यवस्थामा नै गएको कारण पार्टी फुटेको जिकिर गरेका थिए  ।

अदालतमा विघटनविरुद्धको सुनुवाइ जारी रहेको बताउँदै उनले संसद् पुनःस्थापना र आमनिर्वाचन दुवै जनताको पक्षमा नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ