arrow

केपी ओलीको चुनावी फन्डा, कोमलले ल्याइन् गीत

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
kp-sharma-oli-final.jpg

काठमाडौं । बैशाखको १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले चुनावको रटान तीव्र बनाएको छ । प्रतिनिधि सभा विघटन गर्नु संवैधानिक कि गैरसम्वैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेलामा ओली सरकारले तीव्र गतिमा चुनावी अभियान थालेको छ । 

सरकारले तत्काल यो कार्य रोक्नका लागि कुनै अन्तरिम आदेश दिएको छैन । बहस चलिरहेको छ । शुक्रबारका दिन बहसका क्रममा बाहिरिएका घटनाक्रमले जसरी पनि चुनाव गर्नका लागि सर्वोच्चले पनि स्वीकृति दिन सक्ने देखिएको छ । 

१३ वटा मुद्दाका निवेदनकर्ताहरुले बृहत पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने माग गरे पनि संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । 

अझ जसका विरुद्ध मुद्दा चलिरहेको छ उसैलाई नै चार न्यायाधीशले गएर भेटेको प्रसंगसँगै प्रधानमन्त्री कार्यालयले अदालतमा पेश गरेको सक्कल प्रति नै गायब पारिएको प्रसंगले झनै आशंका उब्जाएको छ । 

यसरी उल्झन चलिरहँदा केपी ओलीलाई फेरि पनि ल्याउनु पर्छ भन्दै गीत बनाइएको छ । चुनाव प्रचारका लागि भन्दै राष्ट्रियसभा सांसद एवं गायिका कोमल वलीले यो गीत ल्याएकी हुन् । 

गीतले ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई देशको लागि आज अनि चाहियो भोलिलाई’ भनिएको छ । गीतले ओलीबाहेक अरु कोही पनि देशका लागि योग्य नभएको भन्दै ओली नै सबथोक भनिएको छ । 

कोमललाई फौदबहादुर बस्नेत र ध्रुबराजा धितालले साथ दिएका छन् । 

 । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ