arrow

मन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
rajnath-gawali.jpg

काठमाडौं । भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् ।

भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्षामन्त्री सिंहसँगको भेटवार्तापछि उक्त कुरा बताएका हुन । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो ।

ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले भनेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित थिए । मन्त्री ज्ञवाली शनिबार अपरान्ह ४ बजे नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ