arrow

कांग्रेस चुनावबाट भाग्दैन तर संविधानलाई कुल्चिएर जाँदैनः डा.कोइराला 

logo
किरण न्यौपाने
प्रकाशित २०७७ माघ ३ शनिबार
shaker.jpg

विराटनगर। नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले मुलुक पुनः द्वन्द्धको भुमरीमा फस्न सक्ने बताएका छन् ।

मोरङ्गको रंगेलीमा शनिबार नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै डा.कोइरालाले कांंग्रेसको एउटै माग संसद पुनःस्थापना हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानिक कदमलाई न्यायपालिकाले सच्याएर नलगे वा संसद विघटनलाई सदर गर्‍यो  भने निर्वाचन सुनिश्चीत गर भनेर फेरी सडक आन्दोलन हुने र त्यतिखेर फेरी देश द्वन्द्धको भुमरीमा फस्न सक्ने र संघियता खेर जानसक्ने अवस्था समेत आउन सक्ने बताए । तर उनले आन्दोलनबाट स्थापित उपलब्धीहरु नेपाली काग्रेसले खेर जान नदिने र त्यसको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

उनले भने,‘नेपाली काग्रेस लोकतान्त्रीक पार्टी भएकाले निर्वाचनबाट नभाग्ने स्पष्ट पारे, तर संविधानलाई कुल्चिएर निर्वाचनमा जानु गलत निर्णय हुने बताए । काग्रेस सबै राजनीतिक दल सहभागी हुने निर्वाचनको पक्ष रहेको पनि बताए ।

डा.कोइरालाले अहिलेको प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, अराजनैतिक र असंबैधानिक भएकाले यसलाई सच्याउ भनेर अदालतलाई भन्न पाइन्छ तर दवाव दिएको होइन, त्यो अधिकार प्रत्येक नेपालीसंग रहेको बताए । साथै डा.कोइरालाले ओलीले प्रादेशीक संरचना विगठन गर्न समेत आतुर रहेको आरोप लगाए ।

ओलीले संसद वघटन गर्नु पहिलेदेखि नै प्रदेशलाई संघको प्रशासनिक इकाई हो भन्न थाल्नु भएको भन्दै डा. कोइरालाले भने, ‘प्रधानन्त्री ज्यू मैंले संघीयता नबुझेको हो कि ? के प्रदेश संघको प्रशासनिक इकाई हो त  ? भन्दै बुझाई दिन अग्राह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ