arrow

कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
deuba-01-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन् । 

शुक्रवार काठमाडौँमा भएको पूर्व कर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने बताए । उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने पनि बताए । उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने पनि बताए । उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अनिष्ट भएको बताए । 

उनले भन्नुभयो, ‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहेको छ । सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । त्यसैले स्थायी सरकार पनि भनिन्छ । कर्मचारीहरूको मुलुक निर्माणमा अत्यन्त ठुलो भूमिका हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ । सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ । 

नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अनिष्ट हो । यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ । त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईँहरूले दिएको अनुभव महत्त्वपूर्ण छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ