arrow

सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा आरजूको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
arju-deuba-01-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजू राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताइएकी छन् । शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताएकी हुन् । उनले दिइन् । 

उनले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरूको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताइन्। उनले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताइन् । उनले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरू भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताइन् ।

उनले भनिन् – ‘पोषण एउटा असाध्यै महत्त्वपूर्ण कडी हो । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणको ध्यान दिएनौँ भने हाम्रो देशको नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरूको कस्तो किसिमको सिकाइ हुनसक्छ ? कस्तो किसिमको स्वास्थ्य हुन सक्छ ? र पहुँच कहाँसम्म पुग्न सक्छ भन्ने कुरा पोषणमा निर्भर छ । हामीले प्राथमिकिकरण के मा गर्ने ? अर्थ समितिबाट आउनुभएको माननीयज्यूहरू पनि यहाँ हुनुहुन्छ । बजेटमा काटिएर आउने भन्ने कुरा सुनियो । त्यसलाई लबि गरिदिनुहुन म राष्ट्रिय रूपमै अनुरोध गर्न चाहन्छु । अहिले पोषण दिने कुरा ५ कक्षामा घट्यो । पैसा पनि १५ रुपैयाँले के आउँछ ? एकातिर भाउहरू बढिरहेको छ भन्ने थाहा छ भने नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? सरकारको प्राथमिकतामा पोषणलाई पार्नका निम्ति हामी सबैले स्थानीय तहदेखि नीतिगत तहसम्म हामीले पहल गर्नुपर्ने देखियो । रणनीति बनाउनु राम्रो हो । तर साँच्चिकै हामीले कार्यान्वयन गर्ने हो कि होइन । १०÷१२ वटा त रणनीति रहेछ । रणनीति मात्रै बनाएर भएर । त्यसलाई कार्यान्वयन गर्न जे काम गर्नुपर्ने हो, बजेटलाई प्राथमिकतामा नेपाल सरकारले हाल्नुपर्‍यो भन्ने कुरामा हामी जानुपर्छ । म चाहिँ कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित छ । यो क्षेत्रमा नेपाल सरकारको बजेट हुनुपर्‍यो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ