arrow

नेकपा फुटको बाछिटा

बैगुनी केटोको उपमा पाएका योगेश भट्टराईद्धारा प्रधानमन्त्री ओलीको स्तरबारे प्रश्न 

भन्छन् –‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो’

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
oli-yogesh-bhattarai.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रोसँग छाप लाग्ने गरी जवाफ दिएका छन् । पार्टी विभाजनमा प्रचण्ड–नेपाल समूहमा पुगेका भट्टराईले केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईको स्तर थाहा पाएँ खुशी लाग्यो’ भनेका छन् । 

उनले ओलीलाई आफूहरुजस्तै केटाकेटीको रगत र पसिनाको जगमा खडा भएको व्यवस्थामै कुर्सी पाएको भन्दै पाठ सिकाएका छन् । सामाजिक संजालमा शनिबार राति उनले जवाफ दिएका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।’

शनिबार दिउँसो काठमाडौंमा आफू निकटका प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो’ भनी आरोप लगाएका थिए । 

 उनले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेको आरोप लगाएका थिए । पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराईलाई उनले ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो । मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो । को भनेर हेरेको त उही केटो रैछ ।’

ओलीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको समयमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा गएर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए । तर योगेश पहिलो रोजाइमा परेनन् । उनलाई पटक पटक मन्त्री विस्तार गर्दासमेत ओलीले वास्ता गरेनन् । 

माधवकुमार नेपाल समूहका ओलीलाई आश्वासन दिएर पनि मन्त्री नबनाएपछि चिँढिएका थिए । तर पर्यटन मन्त्री बनेका रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि ओलीले योगेशलाई मन्त्री बनाएका थिए । 

तर ओलीले गत पुस ५ गते संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेपछि योगेशसहित प्रचण्ड–नेपाल समूहका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएर सडक आन्दोलन थालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ