arrow

जसपामा उपेन्द्रको शिकार भए राजकिशोर, ठाकुर र महतोको पेलानमा महेन्द्र 

जसपा समस्यामा पर्ने संकेत

logo
आकाश शर्मा
प्रकाशित २०७७ माघ ४ आइतबार
mahendra-rajkishor-yadav-ja.jpg

काठमाडौं । पार्टी एकीकरण भएको एक वर्ष पनि नपुग्दै जनता समाजवादी पार्टीमा गम्भिर विवाद सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवबाट पार्टीका नेता राजकिशोर यादव नराम्रोसँग पीडित भएका छन्। यसैगरी अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबाट अर्का नेता महेन्द्र यादव पीडित भएका छन् । पार्टी अध्यक्ष उपेन्द्रले त राजकिशोरको मानमर्दन नै गरेका छन् ।

अध्यक्ष उपेन्द्रले शनिबार जसपाले सिराहामा गरेको विरोध सभामा राजकिशोरलाई चौथो मयार्दामा राखेका थिए । जानाजान अपमानित गरेको महशुस गरेपछि बाध्य भएर राजकिशोरले कार्यक्रम नै बहिस्कार गरे । पहिलो मर्यादामा रेणु यादव, दोश्रोमा प्रकाश अधिकारी, तेश्रोमा विजय यादव र चौथोमा राजकिशोरलाई राखेका थिए । राजकिशोरलाई चौथौ मर्यादामा राखेकोमा राजकिशोर निकट एक कार्यकर्ता राजाराम यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फोन गरि गुनासो पाखेका थिए । उल्टै उपेन्द्रले राजकिशोर जसपाको कार्यक्रममा नगइ केपी ओलीको कार्यक्रममा जान्छन भनी व्यंग्य गरेका थिए।

राजकिशोरालाई मानमर्दन गरिएको यो मात्रै पहिलो घटना होइन, केन्द्रीय सदस्य छान्ने बेला राजकिशोरले सिफारिश गरेका नेताहरुलाई पार्टी अध्यक्ष उपेन्द्रले केन्द्रीय सदस्यको सूचिबाट हटाए । मर्यादामा राजकिशोरको नाम अनिल झा पछि राखे । पार्टीले प्रदेश तथा जिल्ला समितिलाई जारी गरेको आन्तरिक सर्कुलरमा पनि राजकिशोरको नाम पछि राखिएको छ । उक्त सर्कुलरमा पार्टी अध्यक्षद्धय महन्थ र उपेन्द्रले हस्ताक्षर गरेका छन् । आफूलाई मानमर्दन गरे पछि राजकिशोर अहिले सार्वजनिक कार्यक्रमा जादैनन् । यती मात्र नभइ, पार्टी कार्यालयमासमेत उनी पुग्दैनन् । गत शनिबार सिराहमा कार्यक्रममा हुँदा उनी काठमाडौमै बसे । जबकि, सिराहा उनको गृह जिल्ला हो । उनले सिराहाबाटै प्रतिनिधि सभाको चुनाव जितेका थिए तर सिराहामै उनको मानमर्दन गरिएको छ । उनी पत्रकारहरुसँग पनि बोल्न चाहदैनन् । उनीसँग सम्पर्क गर्न बारम्बार प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । उपेन्द्र यादव निकट नेता विजय यादवले भने पार्टी अध्यक्ष उपेन्द्रलाई राजकिशोरको तर्फबाट फोन गरि गुनासो पोख्ने राजाराम यादव पार्टीको साधारण कार्यकर्ता नभएको र अर्को पार्टीको सदस्य भएको दावी गरेका छन्। स्रोतका अनुसार राजारामलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी भएको स्रोतको भनाइ छ । ‘राजारामलाई कारबाही गर्नु भनेको राजकिशोरलाई अर्को झड्का दिनु हो’ स्रोतले भन्यो । स्रोत भन्छन, पार्टी अध्यक्ष उपेन्द्रले तत्कालिन फोरममा हुँदै राजकिशोरलाई मन पराउदैनथे । त्यसमा पनि पार्टी फुटाएर अर्को पार्टी गठन गरेपछि राजकिशोरसँग उपेन्द्र चिढिएका थिए ।

यसैगरी राजपाका अर्का नेता महेन्द्र पनि पार्टीभित्रै अपमाननित भएका छन्। केन्द्रीय सदस्यकोलागि महेन्द्रले सिफारिश गरेको नाममध्ये आधा भन्दा बढी कटौती गरिएको छ । महेन्द्रले सिफारिश गरेका नाम कटाएर त्यसको ठाउँमा आफनो मान्छेलाई केन्द्रीय सदस्यमा सिफारिस गर्ने काम महन्थ र राजेन्द्रले गरेका छन् । स्रोत भन्छ, यसबाट महेन्द्र नराम्रोसँग चिढिएका छन् । तर उनलाई पार्टी अध्यक्ष उपेन्द्रले साथ दिएका छन् । त्यसैले उनले सार्वजनिक रुपमा आफनो असन्तुष्टि पोख्न सकेका छैैनन्—स्रोतले भन्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ