arrow

निर्वाचनका विषयमा आयोगले सर्वदलीय छलफल गर्दै

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं। निर्वाचन आयोगले १७ र २७ बैखाखका लागि तय मध्यावधि निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आयोगले नेपाल कम्युनिष्ट पार्टीका दुबै समूह, नेपाली कांग्रेससहितका दलहरुलाई आइतबार (आज) कान्तिपथस्थित केन्द्रीय कार्यालयमा सर्वदलीय छलफलमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको जानकारी दिए ।

आयोगले छलफलका लागि नेकपाका दुबै समूहसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा     ९माले०, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएरै छलफलमा बोलाइएको आयोगले जनाएको छ ।

आयोगकना प्रवक्ता श्रेष्ठले हरेक दलबाट निर्वाचन हेर्ने दुई-दुई जना प्रतिनिधि पठाइदिन पत्रमार्फत आग्रह गरिएको जानकारी दिएका हुन् ।

आयोगले गत २३ पुसबाट मतदान स्थल, मतदान केन्द्र निर्धारण र पुनरावलोकनको काम गरिरहेको छ भने जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरुलाई सो बारे प्रशिक्षण दिएको छ । आयोगले मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य १७ माघमा सम्पन्न गर्ने छ ।

आयोगले मतदाताहरुलाई आ-आफ्नो केन्द्रमा गएर मतदाता नामावली अद्यावधिक गर्न समेत आग्रह गर्दै आएको छ । त्यसका लागि मतदाताहरुले आफ्ना स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटी सच्याउँन सकिने आयोगले बताएको छ । जसअनुसार आफ्ना स्थानीय तहमा १५ माघ देखि २१ माघसम्म त्रुटी सच्याउन सकिने छ ।

निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत ६ पुसबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ । आयोगले गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले बैशाखका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन पाउने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ