arrow

पत्रकार महासंघको २६औं महाधिवेशन फागुन ४ र ५ गते काठमाडौंमा हुने

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
FNJ1.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं केन्द्रीय महाधिवेशन फागुन ४ र ५ गते काठमाडौं गर्ने निर्णय भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित शेर्पाथानमा आइतबार सम्पन्न महासंघको पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो । 

महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार २६ औं महाधिवेशन सम्पन्न भएको एक महिनाभित्र निर्वाचन मिति तोक्ने अधिकारसहित केन्द्रिय निर्वाचन समिति गठन भएको छ ।

अध्यक्ष आचार्यले भने,‘निर्वाचन समिति चार जना अधिवक्तासहित सात सदस्यीय रहनेछ, उनीहरुले महासंघको तीनै तहको निर्वाचन मिति तोक्ने, निर्वाचन कार्यविधि बनाउने अधिकार पनि प्रदान गरिएको छ ।’ बैठकले हेलम्बु घोषणा पत्र पनि जारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ