arrow

बाँकेमा सशस्त्रको कडा निगरानी, तस्कर समातिदै

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ ४ आइतबार
banke-apf.JPG

नेपालगन्ज । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका  प्रमुख एसपी अशोक बमले तस्करी नियन्त्रण गर्न दिएको कडा निर्देशनसँगै सशस्त्र प्रहरीले अवैध सामग्री ओसारपसारलाई कडा निगरानी गर्दै आएको छ। सशस्त्र प्रहरीको कडा निगरानीले तस्करहरुको निद्रा हराम भइरहेको छ।

सशस्त्र प्रहरीका  बाँकेभरका सिमामा रहेका कटकुइयाँ, नरैनापुर,गंगापुर, खडैंचा,  कालाबन्जार,जमुनहा,जयसपुर र बढैया बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलो भित्र पसेझै भएका छन् ।अहिलेको समयमा ती बिओपीहरुले सानो भन्दा सानो  सामाग्री ल्याउनलाई समेत कडाई गरेका छन् ।

यसो त कहिलेकाही   सुरक्षा निकायको आँखा छल्दै  साना तिना सामाग्री भने तस्करहरुले भारतबाट ल्याउने भएपनि सिमामा तैनाथ  सशस्त्र प्रहरीले त्यस्ता तस्करीका अवैध सामाग्रीलाई सिमामामै कर्यापझ्याप बनाउदै आएको छ। तस्करहरुले आइतबार बिहान सशस्त्र प्रहरीको आँखा छल्दै अवैध सामाग्री ल्याएपनि सशस्त्र प्रहरीले बिफल पारिदिएको छ।

तस्करी कार्यलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र  प्रहरीले नेपालगन्जको सिमा नाकाबाट भारतबाट ल्याउदै गरिएको अवैध लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक हर्क थापाको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवाको सिमा नाकाबाट भारतबाट तस्करहरुले लुकाईछिपाई ल्याउदै गरेको अवैध लत्ताकपडा बरामद गरेको हो।

बरामद गरिएका अवैध लत्ताकपडामा कोट पाइन्टको ५० पिस काँचो र १५ पिस लेडिज सुट रहेको सशस्त्र प्रहरीले बाँकेले जानकारी दिएको छ। बरामद गरिएका उक्त लत्ताकपडाको मूल्य  १ लाख २६ हजार रुपैयाँ रहेको छ। बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आइतबार बिहान  आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।  जे होस् अहिलेको समयमा सशस्त्र प्रहरीले बाँकेमा तस्कर ठेगान लगाउन सुरु गरिसकेको छ। सशस्त्र प्रहरी यो कार्यप्रती बाँकेका स्थानीय ब्यापारी समेत खुशी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ