arrow

संविधानको हत्या हुँदा आफू स्तब्ध छु तर ओली हाँसेर बसिरहेका छन् : प्रचण्ड

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको बताएका छन् ।

काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संविधानको हत्या हुँदा आफू हाँस्न नसकेको तर ओली हाँसेर बसिरहेको आरोप लगाएका हुन ।

संसद् विघटनले संविधानको हत्या भएको बताउँदै प्रचण्डले भने, ‘जनताको भाषा बोलिएको संविधानको मूल मर्ममाथि प्रहार भएको  छ। हाम्रा सहिद ,वीर योद्धाहरुको उपलब्धिमाथि प्रहार भएको छ। यसकारण हामी चिन्तित छौं। हामी हसि‍मजाक गर्ने वातावरणमा छैनौं ।’

प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने बताउँदै प्रचण्डले ओलीलाई जनताले नभइ नेकपाले चाहेर मात्र प्रधानमन्त्री बनाएको बताए ।

भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउँदै उनले संसद विघटनविरुद्ध आन्दोलनलाई सफल पार्न जोश जाँगर लगाएर संघर्षमा उत्रिन पनि आह्वान गरे ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ