arrow

प्रदेश २ मा सोमबार सार्वजनिक विदा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ ४ आइतबार
bida.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईमा सोमबार सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री तथा सञ्चार सचिवालयले प्रदेश नम्बर दुईमा सोमबार सार्वजनिक विदा दिइएको घोषणा गरेको छ ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आइएको छ ।

तर, यसवर्ष प्रदेश नम्बर दुई मा विभिन्न ठाउँमा मनाउने जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ