arrow

निरुतालाई कृतिम खुट्टा हाल्न यूथ कांग्रेसको सहयोग

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
yout-congress-donation.jpg

काठमाडौं। यूथ कांग्रेस नेपालले आगलागीबाट पीडित कैलालीकी निरुता भन्डारालाई आर्थिक सहयोग गरेको छ । आगलागीबाट खुट्टा गुमाएकी उनको  कृत्रिम खुट्टा हाल्न यूथ कांग्रेसको संयोजकत्वमा संकलित ४० हजार रुपैयाँ सहयोग गरिएको हो ।

यूथ कांग्रेस नेपालका संयोजक, जिल्ला संयोजक र केन्द्रीय सदस्यहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो । अभियानमा साथ दिँदै उद्यमशील कांग्रेसका संयोजक अश्मिन सिटौलाले १० हजार, यूथ कांग्रेस नेपाल-अमेरिका संयोजक सुरेश दर्पण पोखरेलले  १० हजार पाँच, केन्द्रीय सदस्य डा रितेश थापाले पाँच हजार रुपैयाँ सहयोग गरेका थिए।

सबैबाट संकलन गरिएको उक्त सहयोग रकम निरुतालाई हस्तान्तरण गरेको यूथ कांग्रेसका विद्युत लामिछानेले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ