arrow

दिलेन्द्र बडूकी आमाको मृत्युमा देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
dilendra-badu-mother.JPG

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य दिलेन्द्रप्रसाद बडूकी आमाको  निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।  

पुर्वमन्त्री बडूकी आमा कलशा देवी बडूको ९५ वर्षको उमेरमा कञ्चनपुरमा आइतबार विहान निधन भएको थियो । सभापति देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

साथै उनको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू लगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र सभापति देउवाले आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

कलशादेवी बडूको विहान २:३८ बजे कञ्चनपुर स्थित आफ्नै निवासमा निधन भएको थियो ।  विगत केही समय देखिबिरामी आमालाई उपचार गरे पनि बचाउन नसकिएको नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले बताए ।

उनका तीन छोराहरु पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, महेन्द्र माध्यमिक विद्यालय खलंगाका पूर्व प्रधानाध्यापक इन्द्रराज बडू र इन्जिनीयर महेन्द्र प्रसाद बडू रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ