arrow

मौसम धुमिल

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। 

 हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो  देशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ का  पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

मौसम धुमिल भएकाले पनि सफा हुन अझै समय लाग्ने भएको छ । यसैबीच पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् । 

मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । 

यसैबीच काठमाडौं उपत्यकाको दूषित प्रदूषण अझै कायम रहेको छ । काठमाडौं विश्वकै १६ औं स्थानमा रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १५८ रहेको छ । 

देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसंगै राम्रोसंग घाम नालाग्दा  दिउँसोको  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ