arrow

कोरोना कहरले बन्द सिमकोटका विद्यालय माघ १५ बाट खुल्दै

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ माघ ५ सोमबार
simikot-school.jpg

हुम्ला। कोरोना कहरले बन्द भएको सिमकोट गाउँपालिकाका भित्र संचालीत सामुदायिक तथा निजी विद्यालय माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । सोमबार दिउँसो बसेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निणर्य गरेको हो ।

पालिकामा २३ वटा सामुदायिक र ५वटा निजी गरी २८ वटा विद्यालय संचालनमा छन् । ती सबै विद्यालयले सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्ने निणर्य भएको सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए । निजी तथा सामुदायिक २८ वटा विद्यालयका लागि चाहिने सेनिटाइजर पालिकाले उपलब्ध गराउने छ भने मास्कको ब्यबस्था विद्यार्थी स्वयंले गर्नु पर्ने रोकायाले जानकारी दिए ।

यसभन्दा अगाडी सिमकोट गाउँपालिकाले कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्ता पठनपाठन गरेको थियो । साथै  उत्तरी नाम्खा गाउँपालिका महाबौद्ध याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि पुन बिद्यालय बन्द गरिएको थियो ।

हुम्लामा मङसिरमा अन्तमा वार्षिक परीक्षा भएर फागुन पहिलो साता नयाँ शैक्षिक सत्र शुरु हुने भएपनि यो वर्ष कोरोनाका कारण शैक्षिक संस्था बन्द भई विद्यार्थीको पढाइमा बाधा पुगेपछि माघ १५ गतेबाट विद्यालय सञ्चालन गरी हुम्लामा पनि यस बर्षको शैक्षिक सत्र आउदो जेष्ठबाट सुरु गर्ने निर्णय भएको छ ।

 सिमकोट गाउपालिका भित्रका बिद्यालय माघ १५ बाटसंचालन गर्ने भनिएपनि जिल्लाका अन्य गाउँपालिकाका विद्यालय भने कोरोना त्रासले बन्द रहेका छन् । हुम्लामा हाल सम्म ९१ जनामा कोरोना संक्रमण देखिएको थियो भने अहिलेजिल्लामा  एक जना मात्रै सक्रिय संक्रमित रहेको जिल्ला अस्पताल हुम्लाका प्रबक्ता भक्ति फडेराले बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ