arrow

मध्यपूर्वमा चिनियाँ खोप कुटनीति: चीन भन्दा अघि खाडीमा स्वीकृत

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
corona-vaccine-covid19.jpg

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो तेल खपत गर्ने चीनलाई पर्सियन खाडीमा विशेष व्यापारीक पार्टनरहरु पाउँन कठिनाइ भइरहेको थियो ।तर, चलिरहेको कोरोना भाइरसको माहामारीले एसियाको सबैभन्दा शक्तिशाली मुलुक चीन र अरब प्रायद्धीपका धनी राजतन्त्रहरुबीच नयाँ सम्बन्ध स्थापनाको अवसर प्रदान गरेको छ ।

चीन, अमेरिकालगायतका देशहरु कोरोना भाइरसविरुद्धको खोप उत्पदानको दौडमा रहेका बेला बहराइन् र युनाइटेब अरब इमिरेट्स (युएई)ले चिनियाँ खोपलाई प्रयोग गर्न अनुमती दिइसकेको छ ।

गत डिसेम्बर ९ मा नै युएई चिनियाँ खोपलाई अनुमति दिने विश्वकै पहिलो मूलुक बनेको थियो ।युएईका अधिकारीहरुले चिनियाँ राष्ट्रिय औषधि कम्पनी अन्तर्गतको सिनोफार्मले उत्पादन गरेको खोप स्वीकृत गरेको हो ।तेस्रो चरणको परीक्षणले खोप ८६ प्रतिशत सफल देखिएको युएईका अधिकारीहरुले बताएका थिए ।

त्यसपछि डिसेम्बर १३ मा बहराइनले पनि युएईको तथ्यांककै आधारमा खोपलाई अनुमति दिएको थियो । बहराइनका राजा हमाद बिन ईस अल खलिफा आफैले खोप लगाउँदै खोप अभियान सुरु गरेका थिए ।

सिनोफार्मको खोपले चीन र मध्यपूर्वमा यसका सहयोगीबीचको सम्बन्धलाई थप बढावा दिएको छ ।माहामारीअघि चीन र मध्यपूर्वका मूलुकहरुबीचको सम्बन्ध अन्तर्राष्ट्रिय व्यापार निर्देषीत थियो ।

सन् २०१८ का युएईले १७.४ अर्ब डलरको समान चीनमा निर्यात गरेको थियो । त्यसवर्ष युएईले अन्य मूलुकभन्दा चीनबाट बढी समान आयात गरेको थियो ।बहराइनले सन् २०१८ मा करिब ३६ करोड डलर बराबरको समान चीन निर्यात गरेको थियो भने, १.६५ अर्ब डलरको समान चीनबाट आयात गरेको थियो ।

पश्चिमी खाडीका शक्तिशाली कुवेत, ओमान र साउदी लगायतले पनि सन् २०१८ मा आफ्नो व्यापारको ठूलो हिस्सा चीनसँग साँझेदार गरेका थिए । खाडी मुलुकका नजरमा चीन अब, एक व्यापार साझेदार मात्रै नभइ वैज्ञानिक लाभदायि र सहयोगी समेत बन्न पुगेको छ ।चिनियाँ खोप सर्वव्यापीरुपमा प्रयोगमा ल्याउनु अघि बहराइन, युएईले उक्त खोपको तेस्रो चरणको परीक्षणमा समेत भाग लिएका थिए ।

अर्टिफियल इन्टेलीजेन्सी एवं क्लाउड कम्प्युटिङको प्रयोग गरेर अबुधाबीमा बिशेषरुपमा तेस्रो चरणको परीक्षण भएको थियो ।बहराइन र युएईका अधिकारीहरुले अमेरिकी कम्पनी फाइजर र मोर्डनाको खोप प्रयोग गर्नका लागि तेस्रो चरणको परीक्षणको तथ्यांकलाई महत्वपूर्ण तरिकाले अध्ययन गरेका थिए ।

तर, चिनियाँ सिनोफार्मले बनाएको खोप भने परीक्षणको तथ्यांक भन्दा पनि प्रेस रिलिजलाई आधार मान्दै अधिकारीहरुले अनुमति दिएका थिए । सुरुमा ८६ प्रतिशत (फाइजर र मोडर्नाभन्दा कम) सफल देखिएको चिनियाँ खोप प्रति खाडीले अन्धाधुन्ध विश्वास गरेको देखिन्छ ।

खोप विज्ञ एवं केही डाक्टरहरुको अवरोधका बीच बहराइन र युएई चिनियाँ खोप लगाउँने अभियान कार्यान्वयन गर्न केही हिचकिचाएका भने छन् ।

युएईले गत सेप्टेम्बरमै आपतकालिन प्रयोगका लागि चिनियाँ खोपलाई अनुमति दिएको थियो । बहराइनले पनि सोही कदम चाल्दै आपतकालिन प्रयोगका लागि नोबेम्बरको पहिलो सातामा अनुमति दिएको थियो ।

यसभन्दा पनि चाख लाग्दो कुरा के छ भने, चीनमै उत्पादन भएको खोप प्रयोगका लागि चीनले अनुमति दिनुअघि नै बहराइन र युएईले अनुमति दिएका थिए । चीनले डिसेम्बर ३१ मा मात्रै सामान्य प्रयोगका लागि सिनोफार्मको खोपलाई अनुमति दिएको थियो ।

चीनले अनुमति दिने बेलामा चिनियाँ अधिकारीहरुले तेस्रो चरणको परीक्षणबाट खोप ७९ प्रतिशत मात्रै प्रभावकारी देखिएको बताएका थिए, जुन बहराइन र युएईले ८६ प्रतिशत प्रभावकारी भनेको भन्दा कम हो ।

मोर्डना र फाइजरको मापदण्ड समेत सिनोफार्मको खोपले भेट्टाएको छैन् । दुवै अमेरिकी खोप ९० प्रतिशत भन्दा बढी प्रभावकारी देखिएका छन् ।

धेरै मूलुकहरुले कोरोना भाइरसविरुद्ध ५० प्रतिशत मात्रै पनि प्रभावकारी देखिएको खोपलाई अनुमति दिने मापदण्ड तोकेको छ । यसअनुसार बहराइन र युएईले चिनियाँ खोपलाई अनुमति दिएको देखिन्छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएसँगै धेरै मूलुकहरु ५० प्रतिशत मात्रै पनि प्रभावकारी भएको खोपलाई अनुमति दिने तयारीमा छन् ।यसबाहेक अमेरिका एवं बेलायतले विशेष गरी आफ्ना नागरिकहरुलाई लक्षित गरेर लाखौं डोज खोप भण्डारण गरिरहेका छन् ।

तर, चीनले पश्चिमी प्रतिद्धन्द्धीलाई टक्कर दिँदै विकासोन्मुख र दक्षिणतिर लक्षित गर्दै खोप विकास गरेको छ ।

ब्राजिल र टर्कीले पनि अर्को एक चिनियाँ खोपको प्रभावकारीतामाथि भिन्नता पाएका छन् । सिनोभ्याकले उत्पादन गरेको खोपको प्रभावकारीता टर्कीले ९१ प्रतिशत भनेको थियो ।तर, ब्राजिलमा सोही खोपको प्रभावकारीता ५० प्रतिशतमा झरेको छ । सिनोफार्म र सिनोभ्याकको तेस्रो चरणको परीक्षण तथ्यांक दुर्लभै किसिमले सार्वजनीक भएको छ ।

उसो त केही विज्ञहरुले चिनियाँ खोपको तथ्यांकको अपारदर्शीताले खोप सफलताको विषयमा विभिन्न शंका उत्पन्न गराएको बताएका छन् ।

जेहास्, चिनियाँ खोप ५० प्रतिशत सफल भने देखिएका छन् र अर्को कुरा यी खोप ओसार पोसारका लागि एकदमै धेरै चिसो तापक्रम चाहिदैन ।

यसकारण चीनले आफ्नो खोपलाई सजिलैसँग थुप्रै विकासोन्मुख मूलुकहरुमा पठाउँन सक्ने छ ।यी फाइदका बाबजुद पनि चीनले मध्यपूर्वमा आफ्नो खोप बिक्री गर्न प्रतिस्पर्धा भने गर्नुपर्ने देखिन्छ । युएईले विवादित रुसी खोपको तेस्रो चरणको परीक्षण अघि बढाएको छ ।

युएईको मेगासिटी दुबईले फाइजरको खोप निशुल्क रुपमा आफ्ना नागरिकलाई लगाउँने तयारी गरेको छ । बहराइन,कुवेत ओमान,कतार र साउदी अरेबिया पनि पनि फाइजरकै खोप लगाउँने तयारीमा छ ।

चिनियाँ खोप प्रयोगमा ल्याउने मूलुकहरुले चिनियाँ औषधि कम्पनीका यसअघिका घोटालाहरुबारे थाहा पाउँन भने जरुरी छ ।
सिनोफार्मकै कम्पनीले यसअघि भ्यागुते रोग, टिटानस र लहरे खोकीविरुद्ध असफल खोप उत्पादन गरेको थियो ।त्यसपछि चिनियाँ अन्वेषकहले सिनोभ्याकका प्रमुख कार्यकारी अधिकृत यिन वेंदोंगलाई घोटालको आरोपमा लगाएका थिए ।

सिनोफार्मका कार्यकारी अधिकृत र एक अर्का अधिकारीले कम्पनीले खोप वितरण गरिरहेका बेला राजीनामा दिनुले कम्पनी थप छानबिनमा पर्न सक्छ ।

यी यावत कुराहरुका बाबजुद पनि केही कम्पनीहरुले बहराइन र युएईले जसरी चिनियाँ खोपलाई अन्वेषण गर्न सक्छन् । किनकी चीनले थुप्रै विकासोन्मुख देशको आन्तरिक मामिलामा आफ्नो पहुँच बनाएको छ ।

बहराइन र युएईले चीनलाई व्यापारीक साझेदार भन्दै सुरुदेखि नै हरेक चिनियाँ विवादास्पद कदममा समर्थन जनाउँदै आएका छन् । जस्तै कि हङकङमा भएको प्रदर्शन एवं चीनमा उइघुर मुस्लिम समुदायमाथि भइरहेका दमनको बेवास्ता गर्दै आएका छन् ।

युएई र बहराइनबाट हरेक मामिलामा चीनलाई समर्थन र सहयोग बढ्दै गयो भने चीनले सहजरुपमा मध्यपूर्वमा आफ्नो खोप कुटनीति विस्तार गर्नसक्ने देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ