arrow

आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न र फाल्न नसक्दा पुनः आन्दोलन गर्नुपरेको छ: नेता भट्टराई

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
yogesh-bhattrai3.jpg

काठमाडौं । नेकपा नेता योगेश भट्टराईले आफ्नै पार्टी भित्रका महाराजहरुलाई देख्न र फाल्न नसक्दा पुनः आन्दोलन गर्नुपरेको बताएका छन् ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड-माधव पक्षका स्थायी समिति सदस्य समेत रहेका भट्टराईले आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न नसकेको स्वीकार हुन ।

उनले भने,‘नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टी भित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेकाले पुन आन्दोलन गरिरहनु परेको छ ।’

जारी आन्दोलन, क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेवैमा भएका महाराजहरु नरहने उल्लेख गर्दै भने,‘विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्ने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ