arrow

कोठामा लगेर बालिका करणी : लग्नेलाई पाँच, गर्नेलाई बीस वर्ष कैद

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
courts.jpeg

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ ।

 अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।

 त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ