arrow

केपी ओलीको भाषामा दुर्गन्ध आउँछ : प्रचण्ड

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
prachanda-puspa-kamal-dahal.jpg

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको भाषामा दुर्गन्ध आउने गरेको बताएका छन ।

आफू पक्षिय पत्रकारहरुको संगठन ‘नेपाल प्रेस संगठन’ को भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले बोल्ने भाषामा दुर्गन्ध आउने गरेको बताएका हुन ।

‘केपीले बोल्ने गरेको भाषामा दुर्गन्ध आउँछ, तपाइहरुले महसुस गर्नु भएको होला, राजा महाराजाहरुको जस्तो दुर्गन्धयुक्त भाषा ह्वास्स गन्हाउन थालेको छ,’ प्रचण्डले भने ।

‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर तरहले रोक्नु पर्ने छ, त्यसका लागि जुनसुकै त्याग र बलिदानी गर्न पनि तयार रहनु पर्छ,’ सम्बोधनका क्रममा प्रचण्डले भने ।
 
उनले आफैंले सहयोग गरेको प्रधानमन्त्रीले संसदको हत्या गरेको भन्दै थपे,‘आफ्नो अगाडी आफूले जन्माएको बच्चाको हत्या हुँदैछ, सिंहले पनि आफ्नो बच्चामाथि आक्रमण हुँदा गर्जिन्छ, जनता पनि सिंह नै हो, बच्चा जोगाउनु जुनसुकै मूल्य चुकाउन पनि तयार रहनु पर्ने अवस्था आयो ।’

उनले आफूले शान्तिपूणर् राजनीतिमा प्रतिबद्धता जनाइसकेकाले व्यक्तिगत कुराका पछि नलाग्न समेत आफू पक्षिय पत्रकारहरुलाई आग्रह गरे । ‘शान्तिपूर्ण राजनीतिमा हामीले प्रतिबद्धता जनाइसकेका छौं, यो व्यक्तिको कुरा होइन, तर कसैले मुलुकलाई अस्थिरतातर्फ लैजान खोज्छ भने त्यसै छाडिदैन,’ प्रचण्डले सम्बोधनका क्रममा भने ।

उनले केपी ओलीको दुश्कर्मको कारण आफूहरु प्रति आवेग र घृणा बढेको समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ