arrow

ओलीका कारण प्रजातन्त्र धरापमा पर्‍यो : लोहनी

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
lohoni.JPG

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले  प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन ।  पार्टीको चुनावचिन्ह सार्वजनिक तथा झण्डा अनावरण कार्यक्रमलाई मोरङमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष डा. लोहनीले जनताले स्थिर सरकारको निम्ति झण्डै दुइ तिहाइ मत नेकपालाई दिए पनि नेकपाले त्यसको दुरुपयोग गरेको बताए ।

लोहनीले भने,‘जनताले नेकपालाई स्थिर सरकारका निम्ति झण्डै दुई तिहाइ मत दिए, तर नेकपालाई पचेन, आपसी घर झगडाको कारण सरकार जनप्रतिनिधिमुलक संस्थाको विघटन गर्न तर्फ अग्रसर भयो,’ लोहनीले सम्बोधनका क्रममा भने ।

नेपालको संविधानले प्रधानमनत्री ओलीलाई संसद विघटन गर्ने अधिकार कतै पनि नदिएको भन्दै उनले संसद बिघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने समेत जिकिर गरे ।  राप्रपा अध्यक्ष लोहनीले राजनैतिक तथा कुटनैतिक सवै रुपमा सरकार असफल भैसकेका कारण अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको छवि समेत धमिलिएको वताए ।

प्रधानमन्त्री ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफुहरु प्रजातन्त्रको संरक्षणको निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको उनले बताउका छन ।

फरक प्रसंगमा लोहनीले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेकाले यसको रक्षा, संरक्षण गर्नु आफुहरुको कर्तव्य रहेको समेत प्रष्ट पारे ।
मुलुकमा भ्रष्टाचार र शक्तिको दुरुपयोग असाधारण रुपमा वढेको लोहनीले उल्लेख गरे ।  पार्टीको चुनावचिन्ह सार्वजनिक तथा झण्डा अनावरण कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना, जनकराज पाठक, सगुन लावती, राजु लोहनी, नरेश राइ लगायतले धारणा राखेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ