arrow

नयाँ एसपीले भने- ‘निर्मला प्रकरण सल्टाउनु पहिलो प्राथमिकता’

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
nirmala1.JPG

महेन्द्रनगर । कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न यहाँ आइपुगेका  प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धान जुट्ने बताएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा भई कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न पुगेका प्रहरी उपरीक्षक चतुर्वेदीले निर्मला प्रकरणको हरेक आयामबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

“म स्वयं घटनाको अनुसन्धानका लागि केही महिना कञ्चनपुरमा यसअघि पनि बसेको थिए ।” मंगलबार यहाँका सञ्चारकर्मीसितको छलफलमा उनले भने, “उक्त प्रकरणमा जोसुकै भए पनि तथ्य भेटिए छोडिन्न ।”

उनले निर्मला प्रकरणमा बिना तथ्य कुनै पनि व्यक्तिसित घटना जोड्नु गलत भएको बताए । “अनुसन्धान गर्ने प्रहरी हो, केही तथ्य भए राज्यलाई सहयोग गर्नुहोस् ।” उनले भने, “जिल्लाको शान्ति सुरक्षासँगै यो प्रकरणमा गम्भीर भएर इमान्दारिताका साथ लाग्ने योजनामा छु ।” उनले घटनाको अनुसन्धानका लागि लामो समयदेखि ब्युरोको टोली कञ्चनपुरमै खटिएको बताए ।

“समयसीमा तोक्दिन तर मेरो पूरै प्रयास यो घटना सल्टाउनेमा हुनेछ ।” उनले भने, “यहाँको तस्करी, लागुऔषध ओसारपसार तथा अन्य सचेतनामूलक कार्यक्रममा यही समुदायसित सहकार्य गरेर अघि बढ्नेछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ